शुक्रबार, चैत ७, २०८१

काेराेनाकाे खोप मानव परीक्षणमा ढिला गरेको भन्दै ट्रम्पले गरे आलोचना

नेपालखोज २०७७ भदौ ७ गते १४:४७

वाशिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार शनिबार कोरोना भाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना गरेका छन् ।

Advertisement

“एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालार्ई धेरै जटिल बनाइरहेका छन्,” ट्रम्पले भने । उनले ट्वीट गर्दै भने, “स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ सम्म यसबारे प्रतिक्रिया जनाउनसमेत ढिलाइ गर्नेछन् । मैले यो कुरालाई बुझेको छु । नागरिकको जीवन बचाउने गतिमा ध्यान दिनै पर्छ ।” संयुक्त राज्य अमेरिकामा हाल तेस्रो चरणको परीक्षणका लागि कोभिड–१९ विरूद्धका तीन खोपहरू पर्खाइमा रहेका छन् ।

जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अमेरिकाका कूल ५६ लाख ६५ हजार ४ सयभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने एक लाख ७६ हजार ३ सय ३२ सङ्क्रमितको मृत्यु भएको छ ।

निर्वाचनको समयसीमा नजिकिँदै गर्दा भएका विभिन्न सर्वेक्षणले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारसमेत रहेका ट्रम्पलाई कमजोर देखाइरहेका समय उनको यो भनाइ आएको हो । राष्ट्रपति ट्रम्पको पक्षमा सर्वेक्षण रिपोर्टहरू नआउनुलाई अमेरिकाको कोरोना भाइरस नियन्त्रण प्रयाससँग जोडेर पनि हेर्ने गरिएको छ ।  रासस/एएनआई

प्रतिक्रिया