के हो प्लाज्मा थेरापी ? नेपालमा यसको प्रभाव
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण यतिबेला विश्व मै महामारीका रूपमा फैलिएको छ । हालसम्म यसको कुनै पनि औषधि पत्ता लाग्न सकेको छैन् । यो अवस्थामा विश्वका धेरै मुलुकमा औषधिको विकल्पका रुपमा प्लाज्मा थेरापीलाई लिइएको छ ।
हाल विश्वका कतिपय देशमा कोरोना संक्रमणबाट निको भएका व्यक्तिहरूबाट प्लाज्मा निकालेर अर्को संक्रमित व्यक्तिमा राखेर उपचार भइरहेको छ । अमेरिका, बेलायत, भारतलगायतका देशमा कोरोनाको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोग गरिन थालेको छ । प्लाज्मा थेरापी विधिबाट उपचार गराइएका देशमा कोरोना संक्रमित बिरामीमा प्लाज्मा थेरापी विधिले सकारात्मक नतिजा दिएको पाइएको छ । त्यसैलाई मध्यनजर गर्दै नेपालमासमेत यो विधिको सुरुवात भइसकेको छ । भने प्लाज्मा थेरापी नेपालमा प्रभावकारी पनि देखिएको जनस्वास्थ्य विज्ञले बताएका छन् । हाल प्लाज्मा थेरापीबारे विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । खासमा के हो त प्लाज्मा थेरापी भनेको ?
सरल भाषामा भन्नुपर्दा प्लाज्मा थेरापी भनेको एक व्यक्तिबाट अर्को व्यक्तिमा रगत दिइने जस्तै विधि हो । रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’का आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रियालाई नै कन्भालेसेन्ट प्लाज्मा थेरापी भनिन्छ । रगतमा रेड ब्लुड सेल (आरबिसी), प्लेटलेट्स र प्लाज्मा (लिक्विड) हुन्छ । दाताबाट रगत लिएर आरबिसी छुट्याइन्छ । र बाँकी रगतबाट प्लेटलेट्स पनि छुट्याइन्छ । बाँकी रहेको रगतको भागलाई प्लाज्मा भनिन्छ । त्यही प्लाज्मा संक्रमितको शरीरमा चढाइने बताउँछन् प्लाज्मा थेरापी नेपाल ब्लड ट्रान्सफ्युजन मेडिसिनका विशेषज्ञ डा. बिपिन नेपाल ।
प्लाज्मा थेरापी नेपालमा सुरुको चरणमा रहेको छ भने हालसम्म यसबाट ४ जना निको भइसकेका छन् । नेपालमा प्लाज्मा बैंक छैन् । हाल आफैं निको भएका बिरामी खोज्दै आवश्यकाअनुसार प्लाज्मा थेरापी भइरहेको छ । नेपालमा प्लाज्मा बैंकको स्थापना भयो भने अहिले जस्तो मान्छे खोजिरहनु पर्ने झन्झट कम हुनेछ । नेपालमा प्लाज्मा बैंकको स्थापनाका लागि सरकारसँग पनि माग गरिएको प्लाज्मा थेरापी नेपाल ब्लड ट्रान्सफ्युजन मेडिसिनका विशेषज्ञ डा. नेपालले बताए । नेपाल एउटा विकासोन्मुख देश हो । विभिन्न एन्टिभाइरल औंषधीहरु धेरै महंगा खालका हुन्छन् जुन सबै नेपालीले किन सक्ने अवस्था छैन् । तर विभिन्न एन्टिभाइरल औंषधीहरु भन्दा प्लाज्मा थेरापी सस्तो र प्रभावकारी पनि छ भन्छन् जसस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे ।
नेपालमा प्लाज्मा थेरापी विधिबाट कोरोना भाइरस सङ्क्रमित केही व्यक्ति निको भइसकेका छन् । केहि व्यक्तिमा यसको राम्रो प्रभाव देएपछि प्लाज्मा थेरापीबारे विभिन्न चर्चा परिचर्चा पनि शुरू भएको पाइन्छ । कोरोनाभाइरस विरुद्ध खोपको विकास भइनसकेको पृष्ठभूमिमा कोभिड–१९ का गम्भीर बिरामीलाई यो विधिबाट गरिने उपचार उपयुक्त विकल्प हुन सक्ने कतिपयले तर्क गर्ने गरेका छन् ।
तर कोरोना भाइरस सङ्क्रमित जोकोहीको हकमा प्लाज्मा थेरापी प्रभावकारी हुन्छ भन्ने हुँदैन् । यो विधि निश्चित उमेर समूहका मानिसमा मात्रै अपनाउन सकिन्छ । १८ वर्षभन्दा माथि र ६० वर्ष भन्दा तलको कोभिड भएर निको भइरसकेको महिला अथवा पुरुषले दिन अथवा लिन मिल्द छ । तर, त्यो बेलामा दिने र लिने दुवै जनामा अन्य कुनै रोगहरु नलागको स्वस्थ्य हुनु पर्ने प्लाज्मा थेरापी नेपाल ब्लड ट्रान्सफ्युजन मेडिसिनका विशेषज्ञ डा. बिपिन नेपाल बताउँछन् ।
हाल नेपालगायत विश्वका जुन जुन देशमा प्लाज्मा थेरापी विधि अपनाइएको छ ती सबै क्लिनिकल ट्रायलकै क्रममाछन् । भने नेपालमा पनि प्लाज्मा थेरापी विधि क्लिनिकल ट्रायलकै क्रममा रहेको छ । त्यसले यसैलाई सतप्रतिशत उपचार भन्न नमिल्ने तर यो विधि सस्तो भएकाले नेपालको हकमा प्रभावकारी रहेको रक्तसञ्चार विशेषज्ञ डा. नेपालले बताए ।
प्लाज्मा थेरापी विधिलाई कोभिड–१९ का लागि नयाँ उपचारको विकल्पको रुपमा लिइएको छ । हाल यो उपचार पद्धति जुन मुलुकमा प्रयोगमा ल्याइएको छ ती सबै अध्ययनका लागि मात्रै गरिएका हुन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत आकस्मिक उपयोगका लागि यो पद्धतिलाई सिफारिस गरेको छ । धेरै ठाउँमा यसको राम्रो प्रभाव देखिएको छ । भने नेपालमासमेत यसको राम्रो नतिजा आएको छ । नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि प्लाज्मा थेरापी पद्धति उपयुक्त हुने जनस्वास्थ्य विज्ञ सुझाउँ छन् । किनभने एन्टिभाइरल औषधीहरु धेरै महँगा खालका हुन्छन् । नेपालजस्तो मुलुकमा औषधिको मूल्यले धेरै महत्व राख्ने भएकाले अत्यन्त न्यून खर्च लाग्ने प्लाज्मा थेरापी विधि नै हाम्रा लागि महत्वपूर्ण हुने जनस्वास्थ्य विज्ञ बताउँछन् ।
प्रतिक्रिया