भारतमा ५ तले भवन भत्कियो : ९० बढी हताहत भएको आशंका !
नेपालखोज
२०७७ भदौ ९ गते ७:२४
एजेन्सी । भारतको महाराष्ट्रस्थित रायगढमा एक भवन ढल्दा ९० जनाभन्दा बढी हताहत भएको आशंका गरिएको छ । रायगढ जिल्लाको महाडमा रहेको ५ तले भवन ढलेको हो ।
महाड शहर दक्षिण मुम्बईबाट १८० किलोमिटर टाढा पर्दछ । रायगढ जिल्ला प्रशासनका अधिकारीहरुका अनुसार चारवटा टिम उद्धार कार्यमा लागेका छन् । १५ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।
समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार उद्धारका लागि राष्ट्रिय विपद व्यवस्थापन (प्रतिक्रिया) बलको टोलीहरु उद्धारका लागि पुगेका छन् । स्थानीय प्रहरीका अनुसार गएराति ७ बजे भवन ढलेको हो । एक दशक पुरानो भवन उक्त भवनामा ४५ देखि ४७ वटा फल्याटहरु थिए ।
सम्बन्धित
प्रतिक्रिया