शुक्रबार, चैत ७, २०८१

भारतीय राष्ट्रिय कांग्रेस : अन्तरिम अध्यक्षमा सोनियालाई निरन्तरता

नेपालखोज २०७७ भदौ ९ गते ९:२४

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस अझै केही समय अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ ।

Advertisement

पार्टीमा पूर्णकालिन नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्रीय समितिको बैठकले नेतृत्व बारे निर्णय गर्न नसकेकाले अझै करिब एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको बीबीसीले जनाएको छ ।

तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि भारतीय कांग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ । तर अन्तरिम अध्यक्ष गान्धी सहितका धेरै नेताहरुले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिए पनि पार्टीले निर्णय गर्न सकेको छैन् ।

गएराति अबेरसम्म चलेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भए पनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुञ्जेलसम्मका लागि सोनिया गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने पार्टीका नेता के एच मुनियाप्पाले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया