बिहीबार, चैत ६, २०८१

पेट्रोलियम पदार्थको खपतमा भारी गिरावट

नेपालखोज २०७७ भदौ ९ गते ९:३५

काठमाडौं । मुलुकका प्रमुख सहरमा निषेधाज्ञा जारी हुँदा पेट्रोलियम पदार्थको खपतमा भारी गिरावट आएको छ । काठमाडौं, पोखरा, चितवन, बुटवल, वीरगन्ज, विराटनगर लगायत प्रमुख सहर र अधिकांश जिल्लामा निषेधाज्ञाले गर्दा अत्यावश्यक बाहेकका सवारी चलेका छैनन् ।

Advertisement

सवारी ठप्प भएर उद्योगधन्दा पनि बन्द भएपछि डिजेल, पेट्रोलको बिक्री करिब ७५ प्रतिशत घटेको नेपाल आयल निगमले जनाएको छ । लकडाउन खुलेपछि इन्धन कारोबार ह्वात्तै बढे पनि कोरोनाको संक्रमण बढेर निषेधाज्ञा जारी हुँदा सामान्य अवस्थाको तुलनामा करिब २५ प्रतिशत मात्र बिक्री भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

देशभर पेट्रोल दैनिक करिब पाँच सय किलोलिटर र मट्टीतेल करिब एक हजार किलोलिटर बिक्री भएको छ । यस्तै, ग्यास बिक्री पनि ३० प्रतिशतले घटेको छ । कोरोनाको कारण होटल, रेस्टुरेन्ट, होस्टेल, निजी विद्यालय, उद्योग बन्द हुँदा ग्यास खपत कम भएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

प्रतिक्रिया