कैलालीको घोडाघोडी आइसोलेशनमा एक महिलाको मृत्यु
नेपालखोज
२०७७ भदौ ९ गते ९:४७
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको आइसोलेशनमा रहेकी एक महिलाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ११ को आइसोलेशनमा रहेकी ३५ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार दुबै मृगौलाले काम नगर्ने हुँदा अस्पतालले उपचार सम्भव नभएको भनेपछि भारतबाट घर ल्याइएको थियो ।
मृतकको स्थायी घर बझाङ रहेको पनि प्रहरी निरीक्षक रोकायाले बताए । मृतकको स्वाब संकलन गरी परीक्षण गरिने छ ।
सम्बन्धित
प्रतिक्रिया