बुधबार, चैत ५, २०८१

निजगढ विमानस्थल निर्माणका लागि रुख गणनाको काम प्रारम्भ

नेपालखोज २०७७ भदौ ९ गते २०:२९

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि रुख गणनाको काम प्रारभ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अहिलेससम्म ६० हजार रुखको गणना भइसकेको छ ।

Advertisement

सरकारले यो विमानस्थलको निर्माणका सन्दर्भमा उचित समन्वय गर्न नसक्दा रुख कटान प्रक्रिया अगाडि बढ्न सकेको छैन । विश्वकै सबैभन्दा ठूला विमानस्थलमध्ये एक निजगढ विमानस्थल निर्माण गर्न रुख काट्नु पर्नेछ । विमानस्थलले घेरेको क्षेत्रभित्र रहेको बस्ती समेत स्थानान्तरण गर्नुपर्नेछ ।

सोहीकारण गत आर्थिक वर्ष २०७६÷७७ मा सोचेजति काम गर्न नसकेको मन्त्रालयको भनाई छ । यता पोखरा विमानस्थल तोकिएकै समय (३० जुन)मा सम्पन्न हुने जनाइएको छ । भैरहवा विमानस्थल निर्माणमा भने भने कोभिडका कारण जनशक्ति रोकिएर प्रभाव परेको छ । जनशक्ति आउनासाथ उनीहरु आएको तीन महिनामा निर्माणको काम सकिने दाबी गरिएको छ ।

प्रतिक्रिया