शनिबार, वैशाख १३, २०८२

बुधबार २१ अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोडबढीको कारोबार

नेपालखोज २०७७ भदौ १० गते १५:४६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको चौथो दिन आज (बुधबार) पनि बढेको छ । आज नेप्से २१ दशमलव १० अंकले बढेर १ हजार ४६२ दशमलव ०४ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार २ अर्ब ६५ करोड ६१ लाख बढीको कारोबार भएको छ । पुर्णरुपमा स्वचालित अनलाईन कारोबार शुरु भएयताको यो कारोबार सर्वाधिक उच्च कारोबार हो ।

बुधबार नेप्सेमा १ सय ४६ वटा स्कृप्टको बिक्रि ३४ हजार ६ सय २० वटा कारोबारमार्फत हुँदा यस्तो उच्च कारोबार देखिएको हो । पछिल्ला दिनहरुमा शेयर बजार उकालो लाग्ने क्रम जारी रहेको छ ।

बुधबार पुर्नबीमा कम्पनीको सर्वाधिक कारोबार भएको देखिन्छ । जसको ३४ करोड ९२ लाख रुपैयाँ कारोबार भएको देखिन्छ ।

प्रतिक्रिया