अमेरिकाको समुद्री तटीय राज्यहरु आँधीले २० जनाको मृत्यु
नेपालखोज
२०७७ भदौ १० गते १९:१७
एजेन्सी । अमेरिकाको समुद्री तटीय राज्यहरु क्युबा र मेक्सिको हुँदै टेक्सस र लुदियानामा प्रवेश गरेको आँधीले २० जनाको ज्यान लिएपछि ती राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।
लौरा ब्यारेल नामको आँधी क्युबाबाट मेक्सिकोको खाडी क्षेत्रमा प्रवेश गरेको र टेक्सस र लुदियानातर्फ अघि बढेकाले त्यस क्षेत्र वरपरका सर्वसाधारणलाई आ–आफनो घर खाली गर्न आदेश दिइएको छ ।
भारी वर्षापछि आएको आँधीले अधिकांश घरहरु नष्ट गरेको छ । यसबीच टेक्सस राज्यका ३ लाख ८५ हजार सर्वसाधारण सुरक्षित स्थानतर्फ सर्न आदेश दिइएको छ ।
सम्बन्धित
प्रतिक्रिया