शुक्रबार, चैत ७, २०८१

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नेपालखोज २०७७ भदौ ११ गते ८:१०

चितवन । आज बिहानै सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान करिब ६ बजेतिर सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको हो।

Advertisement

पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ । पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम गर्न नसकिने ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

प्रतिक्रिया