प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुन, ९७ हजार ६ सयमा कारोबार
नेपालखोज
२०७७ भदौ ११ गते ११:२३
काठमाडौं । बुधबार ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन पनि तोलामा ८ सय रुपैयाँले नै बढेर ९७ हजार १ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य बिहीबार प्रतितोला ३५ रुपैयाँले बढेको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया