अग्रपंक्तिमा काम गर्ने सञ्चारकर्मीलाई राहत सामग्री वितरण
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा अग्रपंक्तिमा काम गर्ने सञ्चारकर्मीहरुलाई राहत सामग्री वितरण गरिएको छ ।
गिभ टु एशिया नामक सस्थाको सहयोग एवं नेपाल पत्रकार मञ्चको सहकार्यमा गुडवीभ फाउण्डेसनले विभिन्न सञ्चार माध्यमका कार्यरत काम गर्ने सञ्चारकर्मीहरुलाई राहत सामग्री वितरण गरेको हो ।
राहत वितरण कार्यक्रममा गुडवीभ फाउण्डेसनका अध्यक्ष समिक विक्रम शाहले वर्तमान कठीन अवस्थामा जनतालाई सूचना प्रवाहमा संलग्न सञ्चारकर्मीलाई राहत वितरण गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
अध्यक्ष शाहले आफूहरुले गलंैचा कारखानामा कार्यरत श्रमिकहरुका बालबालिकालाई संरक्षण गरी शिक्षा प्रदान गर्दै आईरहेको बताए ।
राहत सामग्री वितरण कार्यक्रममा गुडवीभ फाउण्डेसनका महासचिव एवं कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले आफूहरु बाल श्रम न्यूनीकरण गर्ने अभियानमा जुटिरहेको भएपनि अहिले कोभिड–१९ को संक्रमणका बेला सञ्चारकर्मीहरुलाई थोरै मात्रामा भएपनि राहत पुगोस् भन्ने उदेश्यले केही सामग्री वितरण गरिएको बताए ।
फाउण्डेसनले करीव दुई दर्जन सञ्चारकर्मीहरुलाई मास्क, स्यानिटाइजर लगायतका सामग्री वितरण गरेको थियो ।
प्रतिक्रिया