आइतबार, चैत ९, २०८१

क्षेप्यास्त्र समेत ध्वस्त पार्न सक्ने रक्षा प्रणालीको विकास गर्दै रुस

नेपालखोज २०७७ भदौ ११ गते १९:३४

एजेन्सी । रुसले अन्तरिक्षबाट आइरहेको हाइपरसोनिक क्षेप्यास्त्र समेत ध्वस्त पार्न सक्ने रक्षा प्रणालीको विकास गरिरहेको जनाएको छ ।

Advertisement

रुसका उप रक्षामन्त्री अलेक्सी क्रिवोरुतकोका अनुसार सन् २०२१ मा देशको सेनाले सबैभन्दा नयाँ रक्षा प्रणाली हासिल गर्ने जानकारी दिएको छ । क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली एस—५०० को पुर्ण क्षमताको आपुर्ति २०२५ सम्ममा हुन सक्ने उनले बताए । अत्यन्तै घातक मानिने यो प्रणालीको निर्माण अलमाज एन्टी एयर डिफेन्स कर्सनले गरेको हो ।

जमिनबाट आकासमा प्रहार गर्ने उक्त प्रणालीको परीक्षण शुरु भइसकेको रुसका उप प्रधानमन्त्री युरिय बोरिसोवले बताएका छन् । यो रुसको त्यसतो रक्षा कवच हो जसले हाइपरसोनिक क्षेप्यास्त्र देखि ड्रेन विमानलाई क्षण भरमै ध्वस्त पार्न सक्छ ।

४ सय देखि ६ सय किलोमिटर विस्तारको यो प्रतिरक्षा प्रणाली जमिनबाट सयौं किलोमिटर उचाई स्थित लक्ष्यलाई ध्वस्त पार्न सक्षम रहेको छ । अन्तरिक्षको तल्लो कक्षमा घुमिरहेका उपग्रहलाई पनि एस–५०० ले नष्ट पार्न सक्ने बताइएको छ ।

प्रतिक्रिया