मंगलबार, चैत ४, २०८१

ई-कमर्श तथा अनलाईन डेलिभरी सेवाका कर्मचारी पक्राउ, तत्काल रिहा गर्न माग

नेपालखोज २०७७ भदौ ११ गते २१:२१

काठमाडौं । आफ्ना कर्मचारी पक्राउ गरेकोप्रति ई- कमर्श तथा अनलाईन डेलिभरी सेवाले ध्यानाकर्षण गराएको छ । ई-कमर्श तथा अनलाई डेरिभरी सेवा संचालकहरु कम्पनीहरुमा आवद्ध कर्मचारीहरुलाई आज काठमाडौंका विभिन्न ठाउँबाट प्रक्राउ गरेकोप्रति आपत्ति प्रकट गरेको छ ।

Advertisement

काठमाडौंका विभिन्न थानहरुमा हाम्रा डेलिभरी गर्ने कर्मचारीलाई पक्राउ गर्ने तथा सवारीसाधनहरुलाई नै नियन्त्रणमा लिनेसमेत कार्य गरिएकोमा सो प्रति घोर आपत्ति प्रकट गर्दै अत्यावश्यक सेवाममा संलग्न हाम्रा कर्मचारीहरुलाई अपमानजनकरुपमा पक्राउ गरिएकोमा तत्कलै रिहा गरियोस भनि जोडदार माग गर्दै निर्वाधरुपमा हामीले यस्तो कठिन समयमा सर्वसाधारणलाई पुर्याउँदै आएको सेवालाई निरन्तररुपमा संचालन गर्न सक्ने वातावरणको निर्माण गरियोस भनि सम्बन्धित निकायहरुमा जानकारीसहित हार्दिक अपिल गर्दछौं- विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अहिलेको कठिन परिस्थतिमा पनि आफ्नो स्वास्थ्यकोसमेत ध्यान राख्दै संक्रमणबाट बच्न सबै स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा गरेर मात्रै सर्वसाधारणलाई अत्यावश्यक खाद्य तथा अन्य उपभोग्य वस्नुहरुको डेलिभरी गर्दै आइरहेको अवस्थामा बिना कुनै कारण र जानकारी समेत नदिएर आज आफ्ना कर्मचारीहरुलाई पक्राउ गरेको भन्दै ई- कमर्श तथा अनलाई डेरिभरी सेवा संचालकहरुले त्यसमा आपत्ति जनाउँदै आफ्ना कर्मचारीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया