बतास अर्गनाइजेसनले पायो दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड
काठमाडौं । दक्षिण एसियाकै आइसर कमर्सियल भेइकल लिमिटेडको सवैभन्दा उत्कृष्ट डिलर नेपालको बतास अर्गनाइजेसन भएको छ । भारतको भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडले बतास अर्गनाइजेसनलाई उत्कृष्ट डिलरको अवार्ड प्रदान गरेपछि उक्त अर्गनाइजेसन दक्षिण एसियाकै उत्कृट भएको हो ।
बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रा.लि. आइसर कमर्सियल भेइकलको अधिकृत विक्रेता हो । कम्पनीले गत वर्ष हेभी ड्युटी ट्रक सेग्मेन्टमा सबैभन्दा बढी परिमाणमा बिक्री गर्न सफल भएवापत यो अवार्ड प्राप्त गरेको अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । विश्वव्यापी प्रतिस्पर्धाबाट बतासले यो अवार्ड पाएको उनले बताए ।
बतास अर्गनाइजेसनले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै ‘हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिज’ शीर्षकमा अवार्ड पाएको हो । बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत् यो अवार्डको घोषणा गरिएको जनाइएको छ ।
कार्यक्रममा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले इस्टर्न मोटर्समार्फत् आइसरलाई नेपाली बजारमा स्थापित गर्न सहयोग गर्ने सबै कर्मचारी तथा शुभेच्छुक र सहयात्रीप्रति कृतज्ञता प्रकट गरे । ‘यो प्रतिष्ठित अवार्ड प्राप्तिको खुसी म आइसर र इष्टर्न परिवारमा बाँड्न चाहान्छु,ु हाम्रा सहकर्मीहरुको अथक प्रयास र कर्मशीलताबिना यो प्रतिष्ठत अवार्ड सम्भव थिएन ।’ अध्यक्ष बतासले भने ।
प्रतिक्रिया