नेपालमा रगत अभाव, सावधानी अपनाएर रक्तदान गर्न सार्वजनिक आह्वान
नेपालखोज
२०७७ भदौ १२ गते ८:२५
काठमाडौं । रगतको अभाव बढ्दै गएपछि सरकारले सुरक्षा सावधानी अपनाएर रक्तदान गर्न आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल अन्तर्गतको राष्ट्रिय रक्तसञ्चार ब्यूरोले आज सार्वजनिक सूचना जारी गर्दै रगतको अभाव भएकाले रक्तदानका कार्यक्रमलाई नियमित गर्न आग्रह गरेको छ । बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन निकै कठिन भएकाले आवश्यक सावधानी अपनाएर सबै रक्तदाताले रगत दान गर्न सूचनामा आग्रह गरिएको छ ।
कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको छैन् । महामारीका बेला कसरी नियमित कार्यक्रमलाई अगाडि बढाउने भन्ने विषयमा छलफल र तयारी नहुँदा बिरामीले सजिलै रगत पाउन छोडेका छन् ।
सम्बन्धित
प्रतिक्रिया