बुधबार, चैत ५, २०८१

शिक्षा आपतकालीन अवस्थाको घोषणा गर्न युनिसेफको माग

नेपालखोज २०७७ भदौ १२ गते ९:२२

एजेन्सी । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोरोना महामारीका कारण विश्वभर एक अर्ब भन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको जनाएको छ ।

Advertisement

कोरोनाका कारण शिक्षण संस्थाहरु बन्द हुँदा प्रभावितमध्ये एक तिहाई भन्दा बढी बालबालिका दूर शिक्षाबाटसमेत बञ्चित रहेको भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको छ । युनिसेफका कार्यकारी निर्देशक हेनरीटा फोरले शिक्षण संस्थाहरु बन्द हुँदा विश्वका करिब ३३ करोड बालबालिका दूर शिक्षाको पँहुचबाट टाढा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कार्यकारी निर्देशक हेनरीटाले विश्वभर महिनौदेखि शिक्षण संस्थाहरु बन्द हुँदा विशेषगरी स्कुले उमेरका बालबालिका नराम्ररी प्रभावित भएको भन्दै शिक्षा आपतकालीन अवस्थाको घोषणा गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

युनिसेफले माध्यमिक तहसम्मका विद्यार्थीलाई दूर शिक्षा वा घरमै बसेर अध्ययन गर्न सक्ने उपकरणसहितको शिक्षण पद्दतीको विकासमा जोड दिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया