कोरोना अपडेट : २४ घण्टामा देशभर ९२७ संक्रमित थपिए
नेपालखोज
२०७७ भदौ १२ गते १९:४६
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६ हजार चार सय ५६ पुगेको छ । गएको २४ घण्टामा नौ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार दुई सय २९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा नौ सय २७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गएको २४ घण्टामा एक सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार दुई सय ४५ पुगेको छ ।
अब नेपालमा १६ हजार १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै आठ हजार नौ सय ३९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया