थियागो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित
नेपालखोज
२०७७ भदौ १२ गते २०:४७
एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका ब्राजिलियन डिफेन्डर थियागो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । पीएसजीसँग सम्झौता सकिएपछि फ्री एजेन्ट बनेका सिल्भाले चेल्सीसँग एक वर्षको सम्झौता गरेका छन् ।
क्लबको चाहना अनुसार अर्को एक वर्ष सम्झौता थप गर्न पाउने प्रावधान रहेको छ । च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसँग पराजित भएलगत्तै सिल्भाले चेल्सीसँग अनुबन्ध प्रक्रिया अघि बढाएका थिए ।
चेल्सीले यसअघि नै ट्रान्सफर विन्डोमा ४ खेलाडी अनुबन्ध गरिसकेको छ । सिल्भाले चेल्सीसँग सम्झौता गरेपछि लाम्पार्डको टोलीमा रहेर खेल्न उत्सुक रहेको बताए । सिल्भाले पीएसजीअघि एसी मिलानबाट खेल्दै कप्तानका रुपमा इटालियन लिगको उपाधि जितेका थिए ।
सम्बन्धित
प्रतिक्रिया