अग्रभागमा खटिनेहरुलाई दुर्व्यवहार गर्नेलाई कारबाही
नेपालखोज
२०७७ भदौ १३ गते १४:०५
काठमाडौं । विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरारघरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।
महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
यदि कसैले गलत हर्कत गरेमा गृहमन्त्रालयको टोल फ्रि नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्न पनि उनले आग्रह गरे ।
स्थानीयवासीको नाममा उश्रृखल गुण्डाहरूले काठमाडौं, मोरङ र चितवनमा कोभिड–१९ को नियन्त्रणमा खटेकाहरूलाई दुर्व्यवहार गरेपछि यस्तो निर्देशन दिनुपरेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया