सोमबार, चैत ३, २०८१

कांग्रेस सभापति देउवाद्वारा पन्नाकाजी महर्जनको निधनप्रति दुःख व्यक्त

नेपालखोज २०७७ भदौ १३ गते १६:३२

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता पन्नाकाजी महर्जनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्ती जारी गरी काठमाडौं निर्वाचन क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापतिसमेत रहेका ६७ वर्षीय महर्जनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

Advertisement

महर्जनको आज बिहान काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित आफ्नै निवासमा निधन भएको थियो । विसं २०३६ देखि राजनीतिमा सङ्लग्न रहँदै आएका महर्जनले पार्टीको नवौं महाधिवेशनपछि ३ पटकसम्म क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेको कांग्रेसले जनाएको छ ।

महर्जन नेपाल ट्रेड युनियन कांग्रेस तदर्थ समिति काठमाडौका पूर्व वरिष्ठ उपाध्यक्ष समेत थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा स्वर्गीय महर्जनले जेल जीवन पनि व्यतित गरेका थिए । सभापति देउवाले स्व. महर्जनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया