बुधबार, चैत ५, २०८१

५० जना कैदीबन्दीको स्वाब संकलन

नेपालखोज २०७७ भदौ १३ गते १९:३२

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारका १५० भन्दा बढी कैदीबन्दीलाई एकसाथ ज्वरो र रुघाखोकी देखिएसँगै ५० जनाको स्वाब संकलन गरिएको छ ।

Advertisement

कारागार स्रोतकाअनुसार बाहिरबाट ल्याइएका दुईजना कैदीमा कोरोना देखिएपछि कारागारभित्रै ‘क्वारेन्टिन’ बनाएर उनीहरुलाई निगरानीमा राखिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठकले ५० जना थुनुवा र कैदी तथा ३० सुरक्षाकर्मीको स्वाब परीक्षण गर्न अस्पताल पठाएको जानकारी प्राप्त भएको बताए । देशभरका ७१ जेलमा २३ हजार ८०० कैदीबन्दी छन् ।

प्रतिक्रिया