आइतबार, चैत ९, २०८१

जर्मनीमा सरकार विरुद्ध प्रदर्शन

नेपालखोज २०७७ भदौ १४ गते ६:५९

एजेन्सी । जर्मनीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लागु गरेको प्रतिबन्धका विरुद्ध प्रदर्शन भएको छ ।
बर्लिनमा भएको प्रदर्शनमा सहभागी मध्यै ३०० जनालाई प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

बर्लिनमा भएको अधिकांश रुपले शान्तिपूर्ण प्रदर्शनमा ३८ हजार मानिस सहभागी भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रहरीमाथि ढुंगा तथा बोटहरु प्रहार गर्ने एकै ¥यालीका २०० जना लाई प्रहरीले पक्राउ गरेको हो । अरुलाई विभिन्न स्थानका ¥यालीबाट पक्रेको हो । कोरोना भाइरस मात्रै भ्रम रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

कोरोना भाइरसका नाममा सार्वजनिक जीवनमा प्रतिबन्ध लगाउन नहुने माग उनीहरुको छ । जर्मनी मात्रै नभएर युरोपका अरु शहरहरुमा पनि कोरोना भाइरसविरुद्ध प्रदर्शन भएको छ ।  लण्डन, पेरिस, भियना, ज्युरिचसहितका शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागु गरिएको प्रतिबन्धध विरुद्ध प्रदर्शन भएको हो ।

प्रतिक्रिया