शनिबार, जेठ ३२, २०८२

ई–कमर्स कम्पनीहरुले पालना गर्नुपर्ने मापदण्ड बनाउन समिति गठन

नेपालखोज २०७७ भदौ १४ गते २०:३६

काठमाडौं । निषेधाज्ञाको समयमा होम डेलिभरी सेवा दिने ई–कमर्स कम्पनीहरुले पालना गर्नुपर्ने मापदण्ड बनाउन समिति गठन भएको छ ।

होम डेलिभरीलाई व्यवस्थित गर्नका लागि काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवाला सहित बसेको बैठकले समिति गठन गरेको हो ।

गएको बिहीबार प्रहरी प्रशासनले सामान डेलिभरीमा समस्या उत्पन्न गरेपछि नेपाल ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो ।

बैठकले डेलिभरी प्रणालीमार्फत सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तत्कालै तयार गरी पेस गर्न काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया