कांग्रेसको विपद् व्यवस्थापन सहयोग समिति गठन
काठमाडौं । नेपाली कांग्रेस दोलखाले भर्चुअल मिटिङका माध्यमबाट नै विपद् व्यवस्थापन सहयोग समिति गठन गरेको छ । दोलखा कांग्रेसका सभापति रुद्रबहादर खड्काको संयोजकत्वमा माननीय जीपछिरिङ लामा सहितको विपद् व्यवस्थापन समिति गठन गरेको छ भने पीडितहरुलाई तत्काल राहत सहयोग उपलब्ध गर्ने गरी पूर्ण अधिकार सहितको उद्योगी समाजसेवी प्रभुराम श्रेष्ठको संयोजनमा स्थायी पकृतिको एक विपद् व्यवस्थापन आर्थिक उपसमिति समेत गठन गरेको छ ।
अहिले एकातिर विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण हामी सबै आक्रान्त छौं भने अर्कातिर बाढीपहिरोले पनि जिल्ला दोलखामा ठुलो क्षति पुुु¥याएको छ । दोलखामा बर्षेनी जस्तो नै कहिले बाढीपहिरो त कहिले भूकम्प–भूक्षय जस्ता प्राकृतिक प्रकोपका घटनाहरु घटिरहेकै छन् । यस्तो विपत्तिमा परेका दोलखाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाली कांगे्रस सम्वद्ध साथीहरुले आफूले सकेको सहयोग गरिरहेको भए पनि यही सहयोगलाई एकीकृत गरी व्यवस्थित रुपमा पीडितसमक्ष पु¥याउने उद्देश्य अनुरुप विपद् व्यवस्थापन सहयोग समिति गठन गरिएको दोलखा काँगे्रसका सभापति रुद्रबहादुर खड्काले बताए । प्रतिनिधि सभा सदस्य माननीय जीपछिरिङ लामाले मानवीय सहयोगका लागि यस्तो कोरोनाले सबैलाई दुःख दिएको अवस्थामा पनि पवित्र कामको थालनी गर्नुभएकोमा दोलखा काँगे्रसलाई धन्यवाद दिँदै नवगठित आर्थिक उपसमितिलाई सफलताका लागि शुभकामना दिए ।
नवगठित विपद् व्यवस्थापन आर्थिक उपसमितिका संयोजक प्रभुराम श्रेष्ठले निश्चित कार्यविधि बनाई वास्तविक पीडितलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए । पैसा कमाउन आफ्नै व्यापार व्यवसाय भएको हुँदा यस उपसमितिले एक रुपैयाँ पनि हिनामिना गर्दैन भन्नेमा ढुक्क हुन आग्रह गर्दै तत्कालका लागि पाँच लाख राहत कोषमा जम्मा गर्ने समेत घोषणा गरे । प्रभुराम श्रेष्ठको विपद् व्यवस्थापन आर्थिक उपसमितिमा सह—संयोजक यज्ञराज घिमिरे (गोपाल), सचिव कुमार अधिकारी (आर.बी), कोषाध्यक्ष शम्भु शेर्पा (पासाङ ) विशेष आमन्त्रित सदस्य माननीय जीपछिरिङ लामा छन् भने सदस्यहरुमा राजन श्रेष्ठ, ताराकुमार खड्का, पूर्णबहादुर तामाङलगायतको नौ सदस्यीय विपद् व्यवस्थापन आर्थिक उपसमिति रहेको छ । आवश्यकता अनुसार सदस्य थप गर्न सक्ने अधिकार पनि यस विपद् व्यवस्थापन आर्थिक उपसमितिलाई दिइएको पार्टी सभापति रुद्रबहादुर खड्काले जानकारी दिएका छन् ।
प्रतिक्रिया