तीन देशसँग हवाई सम्झौता गर्ने तयारी
नेपालखोज
२०७७ भदौ १४ गते २१:२४
काठमाडौं । सरकारले तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्च व्यवस्थापन समूहको आजरको बैठकले इन्डोनेसिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
यी देशसँग आवागमनका गतिविधि बढ्दै गएको भन्दै नागरिकको सहजताका लागि सम्झौता अगाडि बढाउन लागेको मन्त्रालयले जनाएको छ। त्यस्तै बैठकले १६ गतेदेखि हुने नियमित अन्तर्राष्ट्रिय उडानमा हवाई भाडादर बढी नलिन वायुसेवा कम्पनीलाई सचेत गराउने पनि निर्णय गरेको छ ।
विषम परिस्थिमा हुने अन्तर्राष्ट्रिय उडानको अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाइएको छ।
सम्बन्धित
प्रतिक्रिया