शुक्रबार, चैत ७, २०८१

स्वीडेनमा प्रहरी र प्रदर्शनकारीबीच झडप

नेपालखोज २०७७ भदौ १४ गते २१:३१

एजेन्सी । युरोपेली मुलुक स्वीडेनमा आयोजना गरिएको ¥यालीमा कुरान जलाएको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

Advertisement

गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा प्रवासन नीतिको विरोधमा आयोजना गरिएको एक ¥यालीका क्रममा कुरान जलाइएको थियो ।

सोही घटनाविरुद्ध स्वीडेनको माल्मो शहरमा आयोजना गरिएको विरोेध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकरीहरुले निजी तथा सरकारी सवारीसाधनलगायत कतिपय सरकारी भवनहरुमासमेत तोडफोड तथा आगजनी गरेका छन् ।

सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ(ठाउँमा झडप हुँदा कयौं प्रदर्शनकारी घाइते भएका छन् भने सय भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । राममुस पालुदन स्वीडेनमा जारी देशको प्रवासन नीतिको विरुद्धमा लागेपछि स्वीडेन सरकारले उनलाई एक महिना जेल सजायसमेत दिएको थियो ।

प्रतिक्रिया