आशा लघुवित्त पाँचौं वर्षमा प्रवेश
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लि. यही २०७७ भाद्र १५ गते चौंथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ ।
चौंथो बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देशमार्फत् वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले वित्तीय संस्थाले चौंथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै संस्थालाई यस उचाईमा ल्याउनका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने नियामक निकाय, संचालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु, ग्राहक सदस्यहरु, कर्मठ कर्मचारीलगायत स्थानीय समुदायलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने कुरा व्यक्त गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हाल संस्थाले आफ्ना ५५ वटा शाखा कायालयहरु मार्फत् ५६ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै २ अर्ब ३९ करोडभन्दा बढि कर्जा प्रवाह गर्नुका साथै ८१ करोड निक्षेप संकलन गरेको छ ।
प्रतिक्रिया