बिहीबार, चैत ६, २०८१

लिवर्टी इनर्जीद्वारा स्थानीय बासिन्दाहरुको साधारण शेयर बाँडफाँड

नेपालखोज २०७७ भदौ १५ गते १५:५०

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले स्थानीय वासिन्दाहरुलाई साधारण शेयर बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लामा स्थायी बसोबास गर्ने वासिन्दाहरुका लागि छुट्याएको रू. १००/- अंकित दरका १५ लाख कित्ता साधारण शेयर कम्पनीको संचालक समितिबाट बाँडफाँड गरिएको जनाएको छ ।

Advertisement

लिवर्टी ईनर्जीले एक सूचना जारी गर्दै गत साउन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र रितपूर्वक आवेदन दिनुहुने आवेदकहरुलाई बाँडफाँड सम्वन्धी प्रचलित कानून बमोजिम कम्पनीको शेयरहरु २०७७ साउन २४ गते कम्पनीको सञ्चालक समितिबाट बाँडफाँड गरिएको जनाएको छ ।

बाँडफाँडमा परेका शेयरहरुको विवरण कम्पनीको वेबसाइट www.libertyenergy.com.np तथा धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइट www.niblcapital.com बाट हेर्न सकिने पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया