शुक्रबार, चैत ७, २०८१

उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पूर्वाधार तयार गर : मन्त्री भट्टराई

नेपालखोज २०७७ भदौ १५ गते १६:१७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।

Advertisement

मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक अटने गरी पर्यटन पूर्वाधार पदमार्ग,साईकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिए ।

उनले प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिए । मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सातवटा भाषा नेपाली,हिन्दी, चाईनिज अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न आग्रह समेत गरेका छन् ।

उनले पर्यटन बोर्डका पदाधिकारीहरुलाई कोभिड-१९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गदै विश्व सम्पदा, हिमाल,टेकिङ सिमसार,म्युजियम निकुञ्ज लगायतका भर्चुअल टुरको सामाग्री तयार गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया