भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन
एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना पुष्टि भएका मुखर्जीको उपचारका क्रममा निधन भएको हो ।
उनका छोरा अभिजित मुखर्जीले निधनको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बीबीसीले पनि मुखर्जीको निधन पुष्टि गरेको छ । स्वास्थ्य अवस्था बिग्रिए पछि पूर्वराष्ट्रपति मुखर्जी केही साताअघि अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । गत अगस्त १० मा उनले ट्विटमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको घोषणा गरेका थिए ।
‘ब्लड क्लट’ का कारण उनको दिमागको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा गएका थिए । अस्पतालले हिजो बिहान विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिन यता मुखर्जीको स्वास्थ्यमा गिरावट देखिएको र फोक्सोमा देखिएको इन्फेक्सनका कारण ‘सेप्टिक शक’ भएको जानकारी गराएको थियो ।
प्रतिक्रिया