मल अभाव : बंगलादेशबाट ५० हजार टन सापटी ल्याउने तयारी
काठमाडौं । सरकारले बंगलादेशबाट ५० हजार टन मल सापटी ल्याउने गृहकार्य थालेको छ । यसवर्ष खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग सापटी लिन गृहकार्य थालेको हो ।
हालको अभाव टार्न ५० हजार टन युरिया मल सापटी लागि दुई देशका कृषि मन्त्रालयका अधिकारी समझदारी नजिक पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
सापटी मलका लागि बंगलादेशका अधिकारीहरूसँग भएको अनौपचारिक छलफल सकारात्मक देखिएपछि कृषिमन्त्री घनश्याम भुसालले आयात प्रक्रिया सुरु गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुमति मागेको स्रोतले जनाएको छ । मन्त्री भुसालले बंगलादेशबाट मल ल्याउन प्रक्रिया अघि बढेको बताए ।
कुन विधि र पद्धतिबाट ल्याउने भन्ने विषय भने सम्झौताको समयमा मात्रै तय हुने उनको भनाइ छ । मलको परिमाण, ल्याउने प्रक्रिया र विधिबारे बंगलादेशका अधिकारीहरूसँग त्यहाँस्थित नेपाली राजदूत डा. वंशीधर मिश्रले कुराकानी गरिरहेका छन् ।
प्रतिक्रिया