शुक्रबार, चैत ७, २०८१

बंगलादेशी समकक्षीसँग प्रधानमन्त्रीको फोन वार्ता

नेपालखोज २०७७ भदौ १६ गते १८:५८

काठमाडौं । युरिया मल नपाएर नेपाली किसान आक्रान्त बनेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिएका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गर्दै तत्काल युरिया मलको आपूर्तिका लागि अनुरोध गरेका छन् ।

यसबारे ट्विटरमा जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो । यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपूर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनुभएको छ ।’

धानमन्त्री ओली र समकक्षी हसिनासँगको टेलिफोन कुराकानीका क्रममा दुईपक्षीय व्यापार, ऊर्जा र ट्रान्जिटलगायत अरू विषयमा सहकार्यलाई थप मजबुत बनाउने विषयमा कुरा भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया