शुक्रबार, चैत ७, २०८१

आईसीसीद्वारा नेपाली क्रिकेट खेलाडीको तलब सार्वजनिक

नेपालखोज २०७७ भदौ १६ गते २०:५६

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को तलब सार्वजनिक गरेको छ ।

Advertisement

आईसीसीले सोमबार बेलुका एक वर्षको तलब सावजनिक गरेर नेपाल क्रिकेट संघ क्यानको खातामा पठाएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

नेपाली टिमका २२ खेलाडी र एकजना भिडियो एनालिस्टसहित २३ जनाको तलब निकासा भएको हो । यसअघि क्यानले खेलाडीको हस्ताक्षरसहित सम्पूर्ण डकुमेन्ट पठाएको थियो ।

आईसीसीले २०१९ को लागि पठाएको तलब ३ दिनभित्रमा आइपुग्ने र त्यसपछि खेलाडीको खातामा ट्रान्सफर हुने चन्दले जानकारी दिए ।

प्रतिक्रिया