आईसीसी ब्याटिङ वरीयतामा पारसको ब्याटिङ वरीयता सुधार
नेपालखोज
२०७७ भदौ १८ गते ९:३४
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपालका पारस खड्काको वरीयता सुधार भएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता ४ स्थान सुधार भएको हो । नयाँ ब्याटिङ वरीयतामा पारस ७१ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ७५ औं स्थानमा रहेका थिए । नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरीयता भने यथावत रहेको छ ।
नयाँ वरीयतामा सन्दीप ७९ औं स्थानमा रहेका छन् । टी—ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।
नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया