सनराइज क्यापिटल रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धकमा नियुक्त
नेपालखोज
२०७७ भदौ १८ गते १३:४६
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त भएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले हालै मात्र सर्वसाधारणका लागि जारी गर्न लागेको साधारण शेयर (आईपीओ) कारोबारको प्रबन्ध मिलाउनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
बिक्री प्रबन्धकमा नियुक्त भएसँगै अब रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर दाखिल खारेज गर्ने, धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, नामसारी गर्ने, शेयरधनीहरूको लगत अद्यावधिक राख्नेसम्बन्धी सम्पूर्ण काम कारबाही सनराइज क्यापिटलले गर्ने भएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्ने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया