करेन्ट लागेर मृत्यु
नेपालखोज
२०७७ भदौ १८ गते १७:१३
नवलपरासीको सुस्ता गाउँपालिका–१ रुपौलियामा करेन्ट लागेर बिहिबार एक जनाको मृत्यु भएको छ ।
रुपौलियाको वाटिका कृषि सहकारी संस्था अगाडि रहेको बिजुलीको खम्बामा बिग्रिएको बत्ती बनाउने क्रममा करेन्ट लाग्दा सोही स्थानका ५२ वर्षिय देवनारायण चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि चिसापानी अस्पताल बर्दघाट ल्याउने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया