बिहीबार, चैत ६, २०८१

रातो मच्छिन्द्रनाथ झडप : ट्राफिक जवानलाई निर्घात कुटपिट गर्नेको खोजी हुँदै

नेपालखोज २०७७ भदौ १८ गते १९:१९

काठमाडौं । आज काठमाडौंमा रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएकाहरुले ट्राफिक व्यवस्थापनमा खटिएका एक प्रहरीमाथि कुटपिट गरेकाहरुको प्रहरीले खोजी कार्य थालेकाे छ ।

Advertisement

रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएकाहरुले आज दिउँसो ट्राफिक व्यवस्थापनमा खटिएका एक प्रहरीमाथि मंगलबजारमा कुटपिट गरेका थिए। घटनामा संलग्नहरुको पहिचान गरी कारबाही गरिने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

घटनाको सीसीटीभी फुटेज र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका भिडियो हेरेर घटनामा संलग्नको पहिचान भइरहेको प्रहरीको भनाइ छ। मंगलबजार प्रभागमा कार्यरत कुटाइ खाएका जवानको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया