शुक्रबार, वैशाख १४, २०८१

गण्डकीमा थप ४० सङ्क्रमित

नेपालखोज २०७७ भदौ १९ गते १०:५६

गण्डकी । गण्डकी प्रदेशमा शुक्रबार ४० जना कोरोना सङ्क्रमित थपिएको छ । हालसम्म गण्डकीमा सङ्क्रमित २ हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएको छ । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत छन् । त्यसैगरी तनहुँमा २, लमजुङमा ३, स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया