मंगलबार, चैत ११, २०८१

२४ वर्षीय युवकको करेन्ट लागेर मृत्यु

नेपालखोज २०७७ भदौ १९ गते १२:२६

बागमती । शुक्रबार बिहान पङ्खाको तार जोड्ने क्रममा २४ वर्षीय युवकको मृत्यु भएको छ ।

Advertisement

मकवानपुर स्थित मनहरि गाउँपालिकाका बसोबास गर्ने ओमकुमार मोक्तान नाम गरेका युवकको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली त्यहाँ पुगेको र शव परीक्षण गर्न हेटौँडा अस्पताल पठाएको जनाइएको छ ।

प्रतिक्रिया