बिहीबार, चैत ६, २०८१

सीमा विवाद समाधानका विषयमा भारत र चीनका रक्षामन्त्रीबीच वार्ता

नेपालखोज २०७७ भदौ २० गते ९:१८

एजेन्सी । भारत र चीन सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेका बेला भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र चीनका रक्षामन्त्री वेई फेंघेबीच रुसमा भेटवार्ता भएको हो ।

Advertisement

दुई घण्टा २० मिनेटसम्म भएको छलफलमा सीमामा भइरहेको दुई देशका सेनाको तनाव कम गर्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ । संघाई सहयोग संगठनको बैठकमा भाग लिन रुस पुगेका दुई देशका रक्षामन्त्री बीचको छलफलले सीमा क्षेत्रमा भइरहेको तनाव कम हुने अपेक्षा लिइएको अल इण्डिया रेडियोले जनाएको छ ।

छलफलमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले अन्तर्राष्ट्रिय कानुनको पालना गरेर एक अर्कामा भरोसा राखेमा तनाव कम हुने बताएका छन् । चीनका रक्षामन्त्री फेँघेले पनि वार्तामार्फत सबै विवाद समाधान गर्न सकिने भएकाले दुई देशबीच संवाद जारी राख्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया