सोमबार, वैशाख १५, २०८२

रुपन्देहीमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय

नेपालखोज २०७७ भदौ २० गते १५:२०

रुपन्देही । रुपन्देहीमा दैनिक सात घण्टा पसल–व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ । उद्योगी–व्यवसायीका संगठनहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि खुकुलो निषेधाज्ञा गर्ने निर्णय भएको हो ।

आज बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल–व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।

यसअघि भदौ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएएको थियो । प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जारी गरेको निषेधाज्ञा आदेशमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुका पसलहरु बिहान ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।

प्रतिक्रिया