मंगलबार, चैत ४, २०८१

बंगलादेशमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु

नेपालखोज २०७७ भदौ २० गते २१:२०

एजेन्सी । बंगलादेशको एक मस्जिदमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डिसनरबाट भएको आगलागीको घटनामा परी डढेर दर्जनौं घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

Advertisement

उनीहरुका अनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा गएराति आगलागी भएको हो । प्लाष्टिक सर्जरीसम्बन्धी केन्द्रीय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए । अधिकारीहरुले ग्यास चुहिएका कारण भुइँ तलामा रहेका आठवटै एयर कन्डिसनरमा आगलागी भएको बताएका छन् ।

प्रतिक्रिया