शुक्रबार, वैशाख १४, २०८१

कस्तो रहला आजको मौसम ?

नेपालखोज २०७७ भदौ २१ गते ८:१३

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, २ र वाग्मती तथा गण्डकी प्रदेशको केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर बदली रही केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशको एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्य ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भोलि र पर्सिसम्म मौसम यस्तै रहने अनुमान गरिएको छ । अबको २, ३ दिन लगातार भारी वर्षा वा झरी पर्ने सम्भावना भने नभएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया