बिहीबार, वैशाख १३, २०८१

लकडाउनले दुग्ध क्षेत्रमा २० अर्बको नोक्सानी

नेपालखोज २०७७ भदौ २१ गते ९:२२

काठमाडौं । कोभिड–१९ को महामारीले गरेको लकडानका कारण डेरी तथा उद्योग क्षेत्रमा करिब २० अर्बको नोक्सानी भएको छ । लकडाउनका कारण दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुमेको उद्योगी व्यवसायीले २० अर्बको नोक्सानी बेहोर्नुपरेको हो ।

गत ११ चैतदेखि हालसम्म दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुम्दा २० अर्ब रुपैयाँ बढी नोक्सानी भएको उद्योगी व्यवसायीले बताएका छन् । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा व्यवसायीले सो कुरा बताएका हुन् ।

बाग्मती प्रदेशका भूमि, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कोरोना महामारीका कारण डेरी क्षेत्रमा किसानलाई निकै समस्या भएको बताए । उनले दुग्ध क्षेत्रको उद्योगी र किसानसम्मको समस्या समाधानतर्फ जानुपर्ने बताए ।

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण दुधमा ३० प्रतिशत ह्रास आएको बताए । त्यस्तै नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण डेरी उद्योगका ६० प्रतिशत बजार समाप्त भएको बताएका छन् ।

प्रतिक्रिया