शुक्रबार, चैत १६, २०८०

दुई घण्टाको कारोबारमा १५१४.९४ विन्दुमा नेप्से, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाए

नेपालखोज २०७७ भदौ २१ गते १३:१८

काठमाडौं । दुई घण्टामा आइतवार नेप्से परिसूचक १ हजार ५१४ दशमलव ९४ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ४ दशमलव ५२ अंक बढेको हो । उता, ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने स्थिर रही ३०४ दशमलव ७४ विन्दुमै कायम भएको छ ।

दूई घण्टामा १ अर्ब ३५ करोड ६१ लाख ७४ हजार बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म १८६ कम्पनीको ३५ लाख ८९ हजार ९५७ कित्ता शेयर कारोबार १७ हजार ४४९ पटकको व्यापारमा भएको हो । दुई घण्टाको कारोबारमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९० प्रतिशत अर्थात प्रतिकित्ता रू. ९० ले बढेको हो । त्यस्तै यस अवधिसम्म सबैभन्दा बढी गुमाउनेमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडका शेयरधनीहरुले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९ दशमलव ८७ प्रतिशत अर्थात प्रतिकित्ता रू. ५३ ले घटेको हो । दुई घण्टाभित्र कारोबारमा आएका १२ समूहमध्य व्यापारिक समूहको परिसूचक २ दशमलव ९३ प्रतिशत बढेको छ ।

प्रतिक्रिया