शुक्रबार, वैशाख १४, २०८१

आइतबार तीन घण्टामा १ अर्ब ८७ करोडभन्दा बढीको कारोबार, नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी हिस्सा

नेपालखोज २०७७ भदौ २१ गते १४:२५

काठमाडौं । आइतवार तीन घण्टाको कारोबार अवधिमा १ अर्ब ८७ करोड ५९ लाख ५१ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । निकै उतारचढाब रहेको आइतवारको बजारमा यस अवधिसम्म १९० कम्पनी कारोबारमा आएका छन् । यी कम्पनीहरुको २४ हजार ४६८ पटकको व्यापारमा ४९ लाख ८३ हजार ९८९ कित्ता शेयर कारोबार भएको हो ।

कुल कारोबार रकममा सबैभन्दा बढी हिस्सा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । यस कम्पनीको तीन घण्टाको कारोबारमा रू. २५ करोड ९२ लाख ८१ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । दुई घण्टाको कारोबार अवधिसम्म बढेको बजार यो बेला भने ३ दशमलव ७४ अंकले घटेर १ हजार ५०६ दशमलव ६८ अंकमा झरेको छ । ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २९ अंक घटेर ३०३ दशमलव ३३ विन्दुमा झरेको छ । तीन घण्टाको कारोबार अवधिसम्म व्यापारिक समूह, जलविद्युत समूह र जलवित्त समूहको परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस अवधिमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९० प्रतिशत, अरुणभ्याली हाइड्रोपावरको ९ दशमलव ८२ प्रतिशत, जोशी हाइड्रोको ९ दशमलव ७२ प्रतिशत र युनिभर्सल पावर कम्पनीको ९ दशमलव ५२ प्रतिशत शेयरमूल्य बढेको छ ।

प्रतिक्रिया