बिहीबार, वैशाख १३, २०८१

भारतमा एकैदिन ९० हजारभन्दा बढी संक्रमित

नेपालखोज २०७७ भदौ २१ गते १५:२९

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ९० हजार ६ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकैदिन संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।भारतमा कुल संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय १२ पुगेको छ । तीमध्ये ३१ लाख ८० हजार आठ सय ६६ जना निको भइसकेका छन् ।

सक्रिय संक्रमित ८ लाख ६२ हजार ३ सय २० जना मात्र रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ४ करोड ८८ लाख मानिसको कोरोना परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ ।

प्रतिक्रिया