बिहीबार, वैशाख १३, २०८१

इन्टरनेट अफ थिङ्स (आईओटी)ले कसरी काम गर्छ ?

नेपालखोज २०७७ भदौ २१ गते १५:५१

काठमाडौं । आजको प्राविधिक युगमा आईओटी शब्द एकदमै धेरै सुनिन्छ । यसले मानव जीवनमा पारिरहेको प्रभावको बारेमा पनि खुब चर्चा हुनेगर्छ तर वास्तवमा यो आईओटी के हो त ?

आईओटीको पुरा रुप भनेको इन्टरनेट अफ थिङ्स हो । आईओटी भौतिक उपकरण, सवारी साधन र अन्य आइटमहरुको एउटा नेटवर्क हो । आईओटी इलेक्ट्रोनिक्स, सफ्टवेयर, सेन्सर, एक्चुएटर्स र नेटवर्क कनेक्टिभिटीमा इम्बेड भएको हुन्छ, जसले आईओटीलाई डेटा संकलन तथा आदानप्रदान गर्न मद्दत गर्दछ ।

कुनै पनि उपकरणलाई इन्टरनेट वा एकअर्कासँग कनेक्ट गर्ने अवधारणालाई इन्टरनेट अफ थिङ्स भनिन्छ । यो निकै व्यापक अवधारणा हो । यसको नेटवर्क निकै ठूलो हुन्छ ।

यसले व्यक्ति र उपकरणलाई यसरी जोडिदिएको हुन्छ की त्यो उपकरणले उसको मालिकको घरको काम आफै ठिक समयमा गर्छ । आईओटीको नेटवर्कमा घरका साना डिभाइसहरु घडी, मोबाइल र ठूला उपकरण र मालिक सबै एकआपसमा बाँधिएका हुन्छन ।
स्मार्ट माइक्रोवेब जसले आफै घरको खानालाई पकाइदिन्छ । सेल्फ ड्राइभिङ कारमा भएको कम्प्लेक्स सेन्सरले बाटोमा आउने वस्तुलाई डिटेक्ट गर्दछ । फिटनेस डिभाइस जसले तपाईंको मुटुको चाल र खुट्टाको पाइलालाई गनिरहेको हुन्छ । यी सबै इन्टरनेट अफ थिङ्समा पर्ने गर्छन ।

फेसबुक कम्पनीका संस्थापक सीईओ मार्क जुकरबर्गको घरको बारेमा तपाईंले सुन्नु भएको छ ? जुकरबर्गको घरले उनको सबै कुरा सुन्छ । उनले अह्राएको सबै काम घरले सुनेर शिरोपर गर्दछ । यसपछाडिको एउटै कारण हो, आईओटी अर्थात इन्टरनेट अफ थिङ्स ।

आईओटीले कसरी काम गर्छ ?
उपकरण र वस्तुमा सेन्सरहरु लगाइएका हुन्छन जो आईओटी प्लेटफर्ममा कनेक्ट हुन्छन । यसले सबै डिभाइसहरुको डेटा संकलन गर्दछ र त्यस डेटाको एनालिटिक्सलाई स्वतस लागू गर्छन ।

यी शक्तिशाली आईओटी प्लेटफर्महरु एकदमै सही जानकारीहरु प्वाइन्ट आउट गर्छन की कुन जानकारी उपयोगी छ र कुनलाई हटाउनु पर्नेछ भने । फेरी त्यसले सम्भावित समस्याका जानकारीहरु डिटेक्ट गर्न, प्याट्रन्स डिटेक्ट गर्न र रेकोमेन्डेसन बनाउन प्रयोग हुन्छ ।
आईओटी तपाईंको घरमा वा सवारीमा पनि हुन्छ । यो एकदमै कमालको आइडिया हो ।

जुकरबर्गले ‘जार्भिस’ नामको नयाँ भर्चुअल असिस्टेन्ट प्रोग्राम गरेका छन । यस प्रविधिभित्र भएको मोर्गान फ्रिम्यान नाम गरेका एकजना व्यक्तिले जुकरबर्गलाई उनको कोठाको तापक्रम बताउँछन ।

जार्भिस अमेजनको एलेक्सा जस्तै छ । यसलाई आवाजले एक्टिभेट गरेर घरका सम्पूर्ण उपकरणहरुलाई नियन्त्रण गर्न सकिन्छ । जार्भिस निकै स्मार्ट छ । यसले जुकरबर्गलाई बिहान तयार हुन, ब्रेड तातो बनाउन, उनको बच्चालाई भाषा सिकाउन सबै कुरामा मद्दत गर्दछ ।

प्रतिक्रिया