बिहीबार, वैशाख १३, २०८१

आइतबार १०.४५ अंकले घट्यो शेयर बजार, २ अर्ब ७८ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ भदौ २१ गते १५:०८

काठमाडौं । आइतवार शेयर बजार १० दशमलव ४५ अंक घटेर १ हजार ४९९ दशमलव ९७ विन्दुमा झरेको छ । अघिल्लो कारोबा दिनको तुलनामा नेप्से सूचक घटेपनि यस दिन कारोबार रकम भने २ अर्ब ७८ करोड २३ लाख ७७ हजार भएको छ । यस दिन १९१ कम्पनीको ३४ हजार ८६३ पटकको व्यापारमा सो रकम बराबरको ७० लाख ३८ हजार ९९० कित्ता शेयर कारोबार भएको हो ।

कुल कारोबार रकममा सबैभन्दा बढी हिस्सा आइतवार नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यो दिन नेपाल पुनर्बीमा कम्पनीको रू. ४० करोड १३ लाख १ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य यस दिन रू. १८ ले घटेर प्रतिकित्ता रू.८७१ कायम भएको छ ।

दिनभरको उतारचढाबका विच घटेर बन्द भएको बजारमा पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ दशमलव ९० प्रतिशत ,अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ९ दशमलव ८२ प्रतिशत , जोशी हाइड्रोपावरको ९ दशमलव ६२ प्रतिशत, राधी विद्युत कम्पनीको ९ दशमलव ६२ प्रतिशत र युनिभर्सल पावर कम्पनी लिमिटेडको ९ दशमलव ५२ प्रतिशत शेयरमूल्य बढेको हो ।
यस दिन एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको शेयरमूल्य ९ दशमलव ८७ प्रतिशतले घटेको छ । यस दिन प्रतिकित्ता रू. ५३ ले शेयरमूल्य घटेर एनआरएनको अन्तिम शेयरमूल्य रू. ४८४ कायम भएको हो । आइतवार कारोबारमा आएका १२ समूहमध्य व्यापारिक समूहको २ दशमलव ५१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

गत साता निरन्तर चार कारोबार दिन बढेको बजार अन्तिम कारोबार दिन भदौ १८ गते शून्य दशमलव १५ अंक घटेर १ हजार ५१० दशमलव ४२ विन्दुमा अडिएको थियो । लामो समयदेखि बढेको बजारमा अल्पकालिन लगानीकर्ताहरुले नाफा बुक गर्दा सामान्य करेक्सन मात्र भएको लगानीकर्ताहरु बताउँछन् । पूर्ण अनलाईन कारोबार प्रणालीमार्फत घरमै बसेर कारोबार गर्ने वातावरण बनेको अवस्थामा बजारले गति लिनेमा लगानीकर्ताहरु विश्वस्त रहेका छन् ।

प्रतिक्रिया